काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ यु–१९ टोलीसँग हुने दिपक्षीय तीन एक दिवसीय शृंखलाका लागि नेपाली टोली घोषणा गरेको छ ।
क्यानले सोमबार अभिषेक तिवारीको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो। शृंखला डिसेम्बर १६ देखि २० सम्म हुने क्यानले जनाएको छ ।
टोलीमा कप्तान तिवारीसँगै, अफ्रुदिन राईन, सौजनप्रसाद घिमिरे, सूर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा, अप्राजित पौडेल, सन्तोष यादव, नीरजकुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ र नरेन भट्ट रहेका छन् । नेपालले आगामी अप्रिलमा हुने यु– १९ विश्वकपको तयारीस्वरुप हङकङसँग शृंखला खेल्न लागेको हो ।
प्रतिक्रिया