काठमाडौं । बसिर अहमेदको अर्धशतकप्रेरित विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रनको योगफल खडा गरेकाे हाे ।
विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरी ६८ रन बनाएर नट आउट रहे ।
राजेश पुलामीले २० बलमा ३३, मार्टिन गप्टिलले ३५ बलमा ४५ रन जोडे । तीबाहे अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ रिजन ढकालले ४० रन खर्चिएर २ विकेट लिए । कुशल मल्ल, सोयल तनवीर बसिल हमिदले एक/एक विकेट लिए ।
चितवनका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।
प्रतिक्रिया