अशोक राई समुहलाई कारबाहीको माग गर्दै उपेन्द्र यादव समूह निर्वाचन आयोग जाँदै

अशोक राई समुहलाई कारबाहीको माग गर्दै उपेन्द्र यादव समूह निर्वाचन आयोग जाँदै


ग्लोब नेपाल
405
Shares

काठमाडौं । पार्टी बिभाजन गर्ने अशोक राईको समुहलाई कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ ।

जसपा नेपाल कारबाहीका लागि सिफारिस गरेका जनप्रतिनिधि तथा नेतालाई कारबाही नगरे पछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समूह निर्वाचन आयोगमा जान लागेका हुन् ।

अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवादी पार्टी गठन गरे पनि कतिपय नेता विना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो । तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेका हुन् ।