काठमाडौं । संघीय संसद अन्तर्गतका तीनवटा संसदीय समितिका बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार तीनवटै समितिको बैठक सिंहदरवारस्थित सचिवालय भवनमा बस्नेछ । जस अनुसार हिजो कोरम नपुगेर बैठक बस्न नसकेको अर्थ समितिको बैठक पुन आज बिहान ११ः ०० बजे बस्ने भएको छ ।
जुन बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुने सचिवालयले जनाएको छ ।
विधायन व्यवस्थापन समितिको बैठक भने ११ः३० बजे बोलाइएको छ, जहाँ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल हुने जनाइएको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १२ः३० बजेवाट सुरू हुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया