आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

आश्विनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास



काठमाडौं । भारतका रविचन्द्रन आश्विनले सबै प्रकारका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् ।

भारतीय दिग्गज स्पिनर आश्विनले ब्रिस्बेनमा अष्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको केही क्षणपछि नै बुधबार यो घोषणा गरेका हुन् ।

अश्विनले खेलपछिको पत्रकार सम्मेलनमा घोषणा गरेका थिए । खेलपछिको पत्रकार सम्मेलनमा उनले सो खेल भारतका लागि अन्तिम खेल भएको बताएका थिए ।

अब उनी बिहीबार भारत फर्कने बताइएको छ ।

उनले २८७ खेलमा कुल ७६५ अन्तर्राष्ट्रिय विकेट लिएर आफ्नो करियर समाप्त गरे ।

विशेष गरी उनले टेस्टमा उत्कृष्ट खेल देखाएका थिए। टेस्टमा भारतका लागि सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहेका उनले ५३७ विकेट लिएका थिए ।

टेस्टमा उनले ६ शतक र १४ अर्धशतक समेत प्रहार गरेका थिए ।