काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गतको खेलमा बार्सिलोना पराजित भएको छ । बार्सिलोना आइतबार बिहान राति एट्लेटिको म्याड्रिडसँग २-१ गोलले पराजित भएको हो ।
१-० ले पछि परेको स्थितिमा कमब्याक गर्दै एट्लेटिकोले बार्सिलोनालाई हराएको थियो ।
एट्लेटिकोका लागि डि पाउलले ६० र सोइरलोथले इन्ज्युरी समयको ६ मिनेटमा गोल गरेका थिए ।
पेड्रीको गोलबाट खेल सुरू भएको ३०औं मिनेटमा बार्सिलोनाले अग्रता लिएको थियो। तर, त्यो अग्रतालाई ६० मिनेटमा एट्लेटिकोले बराबरीमा ल्याएको थियो ।
यो जितसँगै १८ खेलमा ४१ अंकसहित एटलेटिको लिगाको शीर्ष स्थानमा रहेको छ । बार्सिलोना १९ खेलमा ३८ अंकसहित दोस्रो र एक खेल कम खेलेको रियल म्याड्रिड ३७ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया