च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक

च्याम्पियन्स ट्रफीको खेल तालिका सार्वजनिक



काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका आइसिसीले मंगलबार घोषणा गरेको छ ।

प्रतियोगिता १९ फेब्रुअरीमा पाकिस्तानको कराँचीमा सुरू हुनेछ भने फाइनल मार्च ९ मा हुनेछ । फाइनलका लागि दुई स्थान तय भएको छ । भारत फाइनल नपुगे पाकिस्तानमा र पुगेमा युएईमा हुनेछ ।

आठ टोलीको प्रतियोगितामा १५ खेलहरू हुनेछन् । ‍खेलहरु पाकिस्तान र दुबईमा खेलाइनेछ । पाकिस्तानमा रावलपिण्डी, लाहोर र कराँचीमा प्रतियोगिताका खेल हुनेछन् ।

लाहोरले ९ मार्चमा फाइनल आयोजना गर्नेछ । भारत फाइनल पुगेको अवस्थामा दुबईमा खेलिनेछ । सेमिफाइनल र फाइनल दुवैमा रिजर्भ दिन हुनेछ ।

भारतका समूहगत तीन खेलका साथै पहिलो सेमिफाइनल दुबईमा हुनेछ ।

पाकिस्तानले १९ फेब्रुअरीमा कराँचीमा हुने समूह ‘ए’ प्रतियोगिताको उद्घाटन खेलमा न्युजिल्याण्डसँग खेल्नेछ । पाकिस्तान-भारत भिडन्त २३ फेब्रुअरीमा दुबईमा हुनेछ ।

च्याम्पियन्स ट्रफीका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको समूह ए मा हालको च्याम्पियन्स ट्रफीको साविक विजेता तथा आयोजक पाकिस्तान, भारत, न्युजिल्याण्ड र बंगलादेश छन् भने समूह बी मा क्रिकेट विश्वकप २०२३ को च्याम्पियन अस्ट्रेलिया, अफगानिस्तान, इंग्ल्यान्ड र दक्षिण अफ्रिका छन् ।

च्याम्पियन्स ट्रफीको खेल तालिका

१९ फेब्रुअरी, पाकिस्तान विरुद्ध न्युजिल्याण्ड, कराँची, पाकिस्तान

२० फेब्रुअरी, बंगलादेश विरुद्ध भारत, दुबई

२१ फेब्रुअरी, अफगानिस्तान विरूद्ध दक्षिण अफ्रिका, कराँची, पाकिस्तान

२२ फेब्रुअरी, अस्ट्रेलिया विरुद्ध इंग्ल्यान्ड, लाहोर, पाकिस्तान

२३ फेब्रुअरी, पाकिस्तान विरुद्ध भारत, दुबई

२४ फेब्रुअरी, बंगलादेश विरुद्ध न्युजिल्याण्ड, रावलपिंडी, पाकिस्तान

२५ फेब्रुअरी, अस्ट्रेलिया विरूद्ध दक्षिण अफ्रिका, रावलपिंडी, पाकिस्तान

२६ फेब्रुअरी, अफगानिस्तान विरूद्ध इंग्ल्यान्ड, लाहोर, पाकिस्तान

२७ फेब्रुअरी, पाकिस्तान विरुद्ध बंगलादेश, रावलपिंडी, पाकिस्तान

२८ फेब्रुअरी, अफगानिस्तान विरूद्ध अस्ट्रेलिया, लाहोर, पाकिस्तान

१ मार्च, दक्षिण अफ्रिका विरुद्ध इंग्ल्यान्ड, कराँची, पाकिस्तान

२ मार्च, न्यूजिल्याण्ड विरुद्ध भारत, दुबई

४ मार्च, सेमिफाइनल १, दुबई

५ मार्च, सेमिफाइनल २, लाहोर, पाकिस्तान

९ मार्च, फाइनल, लाहोर (भारत योग्य भएमा दुबईमा खेलिने)

१० मार्च, रिजर्व डे