‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुने

‘होस्टेल ३’ फागुन २३ मा प्रदर्शन हुने



काठमाडौं । क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथामा बनेको फिल्म ‘होस्टेल ३’ फागुन २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति बाहिर ल्याएको हो ।

फिल्म स्वदेशसहित विदेशमा पनि यही मितिमा प्रदर्शन तयारी भइरहेको निर्देशक सशान कँडेलले बताए । फिल्मका मुख्य कलाकार आशिष घिमिरे, पारस बम ठकुरी (कुलब्वाई), रिहान गिरि, र पदम तामाङका बास्केटबल कोर्टमा रमाइला गतिविधिहरू गरिरहेको देखिन्छ ।

सशान कँडेलको निर्देशन रहेको फिल्म सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्मस्सँगको सहकार्यमा निर्माण गरेको हो ।

कर्ण कार्की र गोविन्द अधिकारी निर्माता, सुरेश कँडेल सहनिर्माता र शंकर कोइराला फिल्मको कार्यकारी निर्माता हुन् । ‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ सिरिजको तेस्रो श्रृखला हो । फिल्मको नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्मस् हुन् ।