कांग्रेस केन्द्रीय सदस्य पौडेल अमेरिका आउँदै

कांग्रेस केन्द्रीय सदस्य पौडेल अमेरिका आउँदै


ग्लोब नेपाल
1.4k
Shares

न्यूयोर्क । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण शर्मा पौडेल अमेरिका आउने भएका छन् । पार्टीको सांगठानिक कामको लागि पौडेल अमेरिका आउन लागेको यहाँस्थित नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति,अमेरिकाले जानकारी दिएको छ।

नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखसमेत रहेका पौडेल ४९ औं राष्ट्रीय एकता एवं मेलमिलाप दिवसको अवसरमा समितिले आयोजना गर्न लागेको कार्यक्रमका लागि अमेरिका आउन लाग्नु भएको समितिका सभापति आनन्द विष्टले जानकारी दिएका छन्।

पुष १६ गते नेपाली कांग्रेसले राष्ट्रीय एकता एवं मेलमिलाप दिवस मनाउदै आइरहेको छ। भारत निर्वासनमा रहेका नेपाली कांग्रेसका संस्थापक नेता एवं महामानव विश्वेश्वरप्रसाद कोइराला विक्रम संवत २०३१ पुष १६ गते मेलमिलाप नीतिको घोषणा गर्दै अन्य नेताहरुसँगै स्वदेश फर्केको दिनको ऐतिहासिक दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको छ।

नेता पौडेल आइतवार बिहान न्यूयोर्क आइपुग्नु हुनेछ । दुई साताको अमेरिका बसाइको क्रममा उहाँ जनसम्पर्क समितिका नेतृत्व तह र सदस्यहरुसँग भेटघाट र अन्तरक्रियामा सहभागी हुनु हुनेछ । अमेरिका बसाइका क्रममा नेता पौडेलले आइतवार न्यूयोर्कमा समितिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नु हुनेछ भने अर्को सप्ताहन्तमा डिसी,भर्जिनिया र मेरिल्याण्डका जनसम्पर्क समितिका साथीहरुसंग भेटघाट गरेर टेक्सास जाने कार्यक्रम रहेको छ ।

टेक्सासमा हुने कार्यक्रमपछि उहाँ सन् फ्रान्सिस्को पुग्नुहुनेछ । त्यहाँ जनसम्पर्क समितिको स्थानीय च्याप्टरको कार्यक्रममा सहभागी भएपछि जनवरी १४ तारिख सन् फ्रान्सिस्कोबाट उहाँ स्वदेश फर्कने जनसम्पर्क समितिका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमूख गौतम दाहालले जानकारी दिएका छन् ।