अमेरिकाका पूर्व राष्ट्रपति कार्टरको निधन

अमेरिकाका पूर्व राष्ट्रपति कार्टरको निधन



अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको निधन भएको छ । १०० वर्षको उमेरमा आज आईतवार जर्जियास्थित आफ्नै निवासमा कार्टरको निधन भएको हो ।

अमेरिकी राष्ट्रपतिको इतिहासमा सबैभन्दा बढी उमेरसम्म बाँच्ने कार्टर पहिलो राष्ट्रपति हुन् । कार्टर अमेरिकाका ३९ औं राष्ट्रपति हुन् र उनी एक कार्यकाल मात्र राष्ट्रपति भएका थिए । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकी राष्ट्रपति थिए । मानव अधिकार, शान्ति र अन्तर्राष्ट्रीय सम्बन्ध विस्तारका लागि उनी अनवरत् क्रियाशील थिए । सन् २००२ मा उनले विश्व शान्तिका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए ।

दुईपटक नेपालको भ्रमण गरेका कार्टर नेपालको शान्ति प्रक्रियाका एक बलियो आधार थिए । हाल पनि नेपालमा कार्टर सेन्टर क्रियाशील छ भने उनी ह्याबिटाट फर ह्ययुमनिटी संस्थाको संस्थापक भएर मानवीय सेवाको क्षेत्रमा क्रियाशील थिए ।

कार्टरका चार सन्तान र ११ जना नातिनातिना छन् । उनकी श्रीमतीको गत वर्षको नोभेम्वरमा निधन भईसकेको छ ।

नेपालका सच्चा हितैषी शताब्दी आयु बाँचेर दिवंगत हुनु भएका राष्ट्रपति कार्टरप्रति भावपूर्ण श्रद्धांजली ।