काठमाडौं । संघीय संसद अन्तरगतका दुइ समितिको बैठक बस्दैँछ । संङघीय संसद सचिवालयका अनुसार अर्थ समिति र बिधायन ब्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी काूननलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुनेछ ।
उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेल पुग्ने सो बैठक बिहान ११ः०० बजे बोलाइएको छ भने विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ ।
सो बैठकमा पुरानै अजेन्डा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने सचिवालयले जनाएको छ ।
प्रतिक्रिया