आईसीसी अवार्ड्सका लागि ९ वटै विधाको मनोनयन सार्वजनिक

आईसीसी अवार्ड्सका लागि ९ वटै विधाको मनोनयन सार्वजनिक



काठमाडौं । सन् २०२४ को आईसीसी अवार्ड्सको नौ वटै विधाको मनोनयन सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष र महिला दुवैतर्फ अवार्ड्सकाे मनोनयन सार्वजनिक गरेको हो ।

आईसीसी ‘इमर्जिंग पुरुष क्रिकेटर अफ द इयर’ अवार्डका लागि पाकिस्तानका सइम अयुब, श्रीलंकाका कमिन्दु मेन्डिस, वेस्ट इन्डिजका शामर जोसेफ र इंगल्यान्डका गस एट्किन्सन मनोनयनमा परेका छन् । यस्तै आईसीसी ‘इमर्जिङ्ग महिला क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा भारतकी श्रेयंका पाटिल, स्कटल्यान्डकी सास्किया होर्ली, दक्षिण अफ्रिकाकी एनरी डेर्कसेन र आयरल्यान्डकी फ्रेया सर्गेन्ट परेकी छिन् ।

आईसीसी ‘पुरुष टी–२०आई क्रिकेटर अफ द इयर’ अवार्डका लागि जिम्बावेका सिकन्दर राजा, अस्ट्रेलियाका ट्राभिस हेड, पाकिस्तानका बाबर आजम र भारतका अर्शदीप सिंह मनोनयनमा परेका छन् ।

यस्तै आईसीसी ‘महिला टी–२०आई क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा श्रीलंकाकी चामरी अथपथ्थु, न्युजिल्यान्डकी मेली केर, दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट र आयरल्यान्डकी ओर्ला प्रेनडेरगस्ट परेकी छिन् ।

आईसीसी ‘पुरुष ओडीआई क्रिकेटर अफ द इयर’ अवार्डका लागि अफगानिस्तानका अजमतुल्लाह ओमरजाई, श्रीलंकाका कुसल मेन्डिस, वेस्ट इन्डिजका शेरफेन रुथरफोर्ड र श्रीलंकाकै वानिन्दु हसरङ्गा मनोनयनमा परेका छन् ।

यस्तै आईसीसी ‘महिला ओडीआई क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा अस्ट्रेलियाकी अनाबेल सुथरल्यान्ड, दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट, भारतकी स्मृति मान्धना र श्रीलंकाकी चामरी अथपथ्थु परेकी छिन् ।

आईसीसी ‘पुरुष टेस्ट क्रिकेटर अफ द इयर’ अवार्डका लागि इंगल्यान्डका जोए रुट, श्रीलंकाका कमिन्दु मेन्डिस, इंगल्यान्डकै ह्यारी ब्रूक र भारतका जसप्रीत बुमराह मनोनयनमा परेका छन् ।

यस्तै ‘राचेल हेहोए फ्लिन्ट ट्रफी फर आईसीसी महिला क्रिकेटर अफ द इयर’ अवार्डको मनोनयनमा श्रीलंकाकी चामरी अथपथ्थु, न्युजिल्यान्डकी मेली केर, अस्ट्रेलियाकी अनाबेल सुथरल्यान्ड र दक्षिण अफ्रिकाकी लौरा वोल्भार्ड्ट परेकी छिन् ।

‘सर गारफिल्ड सोबेर्स ट्रफी फर आईसीसी पुरुष क्रिकेटर अफ द इयर’ अवार्डका लागि इंगल्यान्डका जोए रुट, भारतका जसप्रीत बुमराह, अस्ट्रेलियाका ट्राभिस हेड र इंगल्यान्डकै ह्यारी ब्रूक मनोनयनमा परेका छन् ।