काठमाडौं । एसियाकै प्रतिष्ठित महिला प्रतियोगिता एएफसी एसियन कप २०२६ को छनोटको तयारीमा रहेको नेपालले घरेलु मैदानमा फोर नेसन्स कप खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार फागुनमा नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फोर नेसन्स कप खेल्ने पक्का भएको हो ।
फागुन ४ गतेदेखि १५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमार भिड्ने छन् । यी खेल फ्रेबुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागिएको एन्फाले जनाएको छ ।
प्रतिक्रिया