ब्राजेलीयन खेलाडीलाई ८० हजार पाउन्ड जरिवाना, २ खेलमा प्रतिबन्ध

ब्राजेलीयन खेलाडीलाई ८० हजार पाउन्ड जरिवाना, २ खेलमा प्रतिबन्ध


ग्लोब नेपाल
297
Shares

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लबका एक खेलाडीलाई जरिवानासहित २ खेलमा प्रतिबन्ध लगाइएको छ ।  उल्भर ह्याम्टनका फरवार्ड म्याथियस कुन्हालाई द फुटबल एसोसिएसन (एफए) ले जरिवानासहित २ खेलमा प्रतिबन्ध लगाएको हो।

गत साता लिग खेलमा  ब्राजिलका स्ट्राइकर कुन्हाले इप्सवीच टाउनका एक स्टाफलाई कुहिनोले हिर्काएका थिए । उक्त खेलमा उल्भर ह्याम्टन २–१ ले पराजितसमेत भएको थियो ।

कुन्हालाई ८० हजार पाउन्ड जरिवाना पनि लगाइएको एफएले जनाएको छ ।  उनले नटिङघम फरेस्टविरुद्धको प्रिमियर लिग खेल र एफए कपको तेस्रो चरणअन्गर्गत ब्रिस्टल सिटीविरुद्धको खेल गुमाउने छन् ।

उनले यस सिजन १९ प्रिमियर लिग खेलमा १० गोल गरेका छन् ।