काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणमा बागमती युवा क्लबमाथि सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमतिलाई २–० गोलले हरायो । आर्मीको जितमा दुवै गोल विमलाले गरिन् । उनले २५औँ र ७१औँ मिनेटमा गोल गर्दै आर्मीलाई सजिलै जिताइन् ।
सामेबारदेखि सुरु भएको दोस्रो चरणको लिग माघ १६ गतेसम्म चल्नेछ । लिगमा पाँच टोलीबिच प्रतिस्पर्धा हुनेछ ।
जसमा आर्मी र बागमतीसहित नेपाल पुलिस, नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका रहेको छ ।
प्रतिक्रिया