त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १२ अर्ब ८६ करोड, अरुको कति ?

त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १२ अर्ब ८६ करोड, अरुको कति ?

ग्लोब नेपाल
702
Shares

काठमाडौं । नेपालको पहिलो अन्तराष्ट्रि विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले एक वर्ष अवधिमा झण्डै १३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

त्रिभुवन विमानस्थलको आर्थिक वर्ष ०८०–८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख आम्दानी गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल समेत हो । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ ।

यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ ।

तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर रहेको प्रधिकरणले जानकारी दिएको छ ।

पोखराको ३४ करोड ९३ लाख रुपैयाँ, गौतमबुद्धको २१ करोड १३ लाख रुपैयाँ
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने विमानस्थलको दोस्रो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपछि आन्तरिक उडान संख्या बढ्दा आम्दानी सुधार भएको छ ।