काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर आरिफ शेख बिबाह बन्धनमा बाँधिएका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका–१२ मुली नयाँ टोल निवासी क्रिकेटर २६ वर्षीय आरिफले सबाना खातुनसँग बिहीबार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । सुदूरपश्चिम उनकै भाइ आसिफको कप्तानीमा रहेको जनकपुर बोल्ड्ससँग फाइनलमा पाँच विकेटले पराजित भएको थियो ।
आरिफ सन् २०१४ देखि नेपाली टोलीमा आबद्द छन् । उनले नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका छन् ।
प्रतिक्रिया