काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको विभागीय डर्बीमा दुवै टोलीले पाएको अवसर गुमाएका थिए ।
पहिलो हाफमा पुलिसकी पूजा रानाको गोललाई रेफ्रीले मान्यता नदिएपछि विवादको कारण खेल २५ मिनेट रोकिएको थियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए । अन्तिम चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ ।
दोस्रो चरणको सुपर फाइभमा आर्मी र पुलससहित सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब स्याङ्जाकाे वालिङ नगरपालिका र बाग्मती युथ क्लब पुगेका छन् ।
प्रतिक्रिया