जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने मधेशका मयन

जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने मधेशका मयन



काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत सोमबार दोस्रो दिनको खेल जारी छ ।

जनकपुरमा भइरहेको बागमती र मधेशबीचको खेलमा मधेशका मयन यादवले शतक प्रहार गरेका छन् । उनी जय ट्रफीमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

मयनले १०२ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरेर १०० रन प्रहार गरेका हुन् । मयनले प्रधानमन्त्री कपमा पनि सुदूरपश्चिमविरूद्ध शतक प्रहार गरेका थिए । १०८ बल मा १०६ बनाएपछि उनलाइ बागमतीका कप्तान सन्दीप लामिछानेले आउट गराएका छन् ।

मधेश प्रदेशले ३८.५ ओभरमा ७ विकेटको क्षतिमा १९७ रन बनाएर खेलिरहेको छ भने उसलाई १४९ रनको अग्रता छ ।