काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले वालिङ नगरपालिकाविरुद्ध गोलवर्षा गरेको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा एपिएफले वालिङलाई ९–० गोलले हरायो ।
एकपक्षीय खेलमा एपिएफको जितमा रश्मीकुमारी घिसिङले चार गोल गरिन् । गीता राना र सरु लिम्बुले दुई दुई तथा अनिता केसीले एक गोल गरिन् ।
प्रतिक्रिया