तिब्बतको दिंगी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

तिब्बतको दिंगी केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौंसहित आसपासका जिल्लामा धक्का महसुस



काठमाडौं । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान तिब्बतको दिंगी केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।

बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने तिब्बतको दिंगी केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो । पूर्वी नेपालमा पनि बढी धक्का महसुस गरिएको स्थानीयले जनाएका छन् । हालसम्म कुनै ठुलो क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन ।

नेपालसहित, भारत, भुटान र बंगलादेशमा पनि धक्का महसुस गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।