काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियामा बुधबार राति भएएको खेलमा बार्सिलोनाले एट्लेटिक बिल्बाओलाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । बार्सिलोनाको जितमा गाभी र लामिन यामलले गोल गरे ।
१७औँ मिनेटमा गाभीको गोलमा अग्रता लिएको बार्सिलोनाका लागि यामलले ५२औँ मिनेटमा गोल गर्दै सहज जित दिलाए । उपाधिका लागि बार्सिलोनाले रियल म्याड्रिड र मालोर्काबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया