काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदान दशरथ रंगशालामा खेल्न लागेको ‘फोर नेसन्स कप’ मा नेपालको पहिलो प्रतिद्वन्द्वी किर्गिस्तान परेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनु्सार फागु्न ५ देखि १४ गतेसम्म हुने प्रतियोगिताको पहिलो खेलमा नेपालको भेट किर्गिस्तानसँग हुने भएको हो ।
एन्फाले फिफा अन्तर्राष्ट्रिय खेल विन्डोको समयमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमारको सहभागिता रहने छ ।
तालिका अनुसार नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग खेल्नेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ को छनोटको तयारीको रूपमा लिएको छ ।
प्रतिक्रिया