काठमाडौं । स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । साउदी अरेबियामा आइतबार राति भएको खेलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५–२ गोलले हराउँदै उपाधि उचालेको हो ।
चर्चित एल क्लासिको भिडन्तमा बार्सिलोनालाई जिताउन राफिन्हाको ३९औँ र ४८औँ मिनेटमा दुई गोल गरे । यस्तै युवा स्टार लामिन यमलले २२औँ मिनेटमा टोलीका लागि गोलको खाता खोलेका थिए ।
रोबर्ट लेवान्डोवस्कीले ३६औँ मिनेटमा पेनाल्टीमा र एलेजान्ड्रो बाल्डेले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई सजिलै जिताए । यस्तै रियलका लागि केलियन एमबाप्पेले पाँचौँ र रोड्रिगोले ६०औँ मिनेटमा गोल एक गरे ।
५६औँ मिनेटमा बार्सिलोनाका वोइचेक स्जेन्सी रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । तरपनि रियलले कुनै चमत्कार देखाउन सकेन ।
प्रतिक्रिया