काठमाडौं । गायिका मेलिना राईले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार विवाह गरेकी छन् । उनको विवाह समारोह गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको हाे ।
विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी थिए ।
मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । आधुनिकको अलवा फिल्मको पाश्र्व गायनमा समेत चर्चित मेलिनाका थुप्रै गीत संगीतिक क्षेत्रमा हिट छन् ।
इलामका ध्रुव पेसाले ब्रिटिस आर्मी हुन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
उनी कोच रहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ६’ को प्रसारण पनि शुक्रबार (आज)देखि सुरू हुँदैछ ।
प्रतिक्रिया