काठमाडौं । शेयर बजार आज पनि सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.७८ अङ्कले बढेर २ हजार ६०७.९९ विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत्, माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेको छ । आज अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त, सुपर माई हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज शेयर कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका १ करोड ३६ लाख कित्ता शेयर ६ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया