बाँके । बाक्लो हुस्सु लागेका कारण ‘भिजीबिलिटी’ कम हुँदा बिहानैदेखि बाँकेको नेपालगञ्ज विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ ।
बिहानैदेखिको हुस्सु तथा कुहिरोका कारण ५० मिटरमात्र भिजीबिलिटी हुँदा नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान ठप्प रहेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका ट्राफिक कन्ट्रोलर रिङ्की मल्लिकले बताए । उनले हवाई उडानका लागि आवश्यक पर्ने भिजिबिलिटी नहुँदा आज विमानस्थलमा उडान हुन नसकेको जानकारी दिए ।
ट्राफिक कन्ट्रोलर मल्लिकका अनुसार नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला, सङ्घीय राजधानी काठमाण्डौ, धनगढी र पोखराका लागि दैनिक करिब ५० भन्दा बढी उडान हुने गरेको छ । जहाज उडाउन एक हजार भिजीबिलिटी हुनुपर्ने र जहाज अवतरण गर्नका लागि एक हजार छ सय भिजीबिलिटी आवश्यक पर्दछ ।
नेपालगञ्ज विमानस्थलबाट हुने उडान अवरुद्ध हुँदा काठमाण्डौ र पहाडी जिल्लामा यात्रा गर्नुपर्ने यात्रीलाई समस्या भएको छ ।
प्रतिक्रिया