सेयर बजार ५२ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

सेयर बजार ५२ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार



काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा अन्य समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले बढेको छ । यस्तै लगानी समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरै तथा विकास बैंक, होटल, जलविद्युत्, व्यापार समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंक र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर भने ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज ३ सय २२ वटा कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ९ अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम झन्डै २ महिनायताकै उच्च हो । यसअघि गएको मंसिर १७ गते १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको थियो ।