जन्मका आधारमा दिइँदै आएको अमेरिकी नागरिकता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका विरुद्ध संघीय अदालतले अस्थायी रुपमा रोक लगाएको छ ।
सियाटलका एक न्यायाधीशले ट्रम्पको आदेश असंवैधानिक भएको भन्दै जन्मको आधारमा दिइने नागरिकता रोक्न नपाउने निर्णय गरेको हो ।
न्यायाधीशले आगामी फेब्रुअरीदेखि लागू हुने भनिएको ट्रम्पको आदेश स्पष्ट रूपमा असंवैधानिक रहेको ठहर गर्दै अस्थायी रुपमा लागू नगर्ने फैसला गरेका छन् । हिजो बिहीबार भएको २५ मिनेटको सुनुवाइपछि यसलाई लागू हुनबाट रोक लगाउने आदेश जारी गरिएको हो ।
अमेरिकी संविधानको १४ औं संशोधनको लामो समयदेखिको व्याख्याअन्तर्गत अमेरिकाभित्र जन्मेका लगभग सबैलाई स्वचालित रूपमा नागरिकता दिने प्रावधान छ ।
ट्रम्पले गैरकानुनी वा अस्थायी रूपमा देशमा रहेका आमाबाबुबाट जन्मेका बच्चाहरूको हकमा यो नियम अन्त्य गर्ने अपेक्षा गरेका हुन् ।
प्रतिक्रिया