सिकागोमा अवैधानिक आप्रवासीको छापा मार्न सुरु

सिकागोमा अवैधानिक आप्रवासीको छापा मार्न सुरु


ग्लोब नेपाल
405
Shares

न्यूयोर्क । सिकागोमा अवैधानिक आप्रवासीको छापा मार्न सुरु गरिएको छ । यसरी समातिने आप्रवासीलाई तत्काल राख्नका लागि एक लाख शैय्या सहितका बन्दीगृह निर्माण गरिएका छन् ।

यसैबीच अमेरिकाले ल्याटिन अमेरिकी मुलुक कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई कोलम्वियामाथि कडाई गर्न निर्देशन दिएका हुन् ।

अमेरिकाबाट फिर्ता पठाउने आप्रवासी बोकेका सैन्य विमानहरुको उडान रोक्ने कोलम्बियाको निर्णयसँगै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
कोलम्बियाका राष्ट्रपतिले पनि अमेरिकाबाट आयात हुने वस्तुमा समान शुल्क लगाउने घोषणासहित अमेरिकालाई जवाफ फर्काएका छन् ।

आफ्ना नागरिकलाई अपराधी जसरी सैन्य विमानमा ल्याएकोमा विरोध जनाउँदै कोलम्वियाले नागरिक विमानहरुबाट फर्काएका स्वागत गरिने जनाएको छ ।