काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज २४.५० अंकले बढेर २ हजार ६ सय ५७.७७ विन्दुमा पुगेको छ ।
नेप्से दाेहाेराे अंकले बढेकाे दिन सबै समूहको शेयरमा वृद्धि भएकाे छ । सबैभन्दा धेरै विकास बैंक समूहको शेयर ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज उपकार लघुवित्त, सिकलेस हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन दोल्ती पावर कम्पनीको शेयर भने झन्डै साढे ८ प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ९ अर्बको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका १ करोड ९६ लाख कित्ता शेयर ९ अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया