काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा भएको लगानीको तुलनामा अपेक्षित सफलता प्राप्त हुन नसकेको बताएकी छिन् । मंगलबार इटहरीस्थित जनता माध्यमिक विद्यालयको ६८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले लगानीअनुसारको प्रतिफल नआएको बताइन् ।
शैक्षिक क्षेत्रको सुधारका लागि सरोकारवालाहरूबीच समन्वय गर्नुपर्ने भण्डारीले बताएकी थिइन् ।
कोशी प्रदेशको विशिष्ट भौगोलिक अवस्थाको चर्चा गर्दै उनले सगरमाथादेखि केचनाकवलसम्मको भूबनोटको फाइदा लिनुपर्ने बताइन् । उनले कोशी प्रदेशको सांस्कृतिक र प्राकृतिक सम्पदाको उपयोगका लागि दक्ष जनशक्ति आवश्यक रहेको र त्यस्तो जनशक्ति शिक्षा क्षेत्रबाट नै उत्पादन हुने भएकाले यसतर्फ विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिइन् ।
प्रतिक्रिया