वाशिंगटन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुबहाक विमान अरेको हेलिकप्टरसँग आकाशमा ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकायले जनाएको छ ।
स्थानीय समयानुसार बेलुकी ९ बजेतिर आकाशमै हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीस्थित पोटोम्याक नदीमा खसेको थियो । चालकदलका सदस्यसहित ६४ यात्रु सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो ।
विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान जारी छ । एफएएका अनुसार विमान रेगन वाशिङ्टन नेशनल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको हो ।
दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका छन् । अहिले रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ ।
प्रतिक्रिया