भारतमा अहिले महाकुम्भको चर्चा धेरैमाथि छ, तर इन्टरनेट सर्चअनुसार यो पूरै सत्य होइन। अर्को एउटा किवर्ड पनि व्यापक रूपमा खोजिँदैछ, त्यो हो- डीपसीक । यो चिनियाँ एआई मोडेलले विश्वभरका सेयर बजारबाट अर्बौं डलर सफाचट गरिसकेको छ।
डीपसीकको प्रभाव
गुगल ट्रेन्ड्समा डीपसीक खोज्दा अफ्रिकाका केही मुलुकहरू र ग्रीनल्यान्डबाहेक संसारको कुनै कुनो यस्तो छैन, जहाँ यसबारे चासो नदेखाइएको होस्। आखिर चिनियाँ कम्पनी डीपसीकले के गर्यो कि प्रविधि जगत् यसलाई स्तब्ध भएर हेरिरहेको छ ? कतै यो इन्टरनेट र एआईपछि प्रविधि क्षेत्रको सबैभन्दा ठूलो आविष्कार त होइन ?
डीपसीक के हो
संसारभरि ध्यान खिच्न सफल डीपसीक एउटा चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी हो। यदि तपाईंले प्रयोग गर्नुभएको छ भने, एआई प्रविधि के हो र कसरी काम गर्छ भन्ने तपाईंलाई थाहा नै होला। यो तपाईंकै भाषामा प्रश्नहरूको जवाफ दिन सक्षम छ।
डीपसीक अरू टुल्सभन्दा किन सस्तो
डीपसीकले दुनियाँभर तहल्का मच्चाउनुको कारण यसको लागत पनि हो। चिनियाँ कम्पनीको दाबीअनुसार, यो एआई मोडेल मात्र ९० लाख डलरमा तयार पारिएको छ।
विशेषज्ञहरूले परीक्षण गरेर देखाइसकेका छन् कि कतिपय मामिलामा डीपसीक आफ्ना प्रतिस्पर्धी एआई टुलहरूभन्दा राम्रै प्रदर्शन गर्छ। साथसाथै, यो कम जटिल छ र सञ्चालन खर्च ५०-८०% कम पर्न सक्छ ।
डीपसीकको भारतीय बजारमा प्रभाव
एआई प्रविधिका लागि हार्डवेयर, डेटा सेन्टर र विद्युत् आवश्यक पर्छ। त्यसैले एआई प्रविधि आउँदा हार्डवेयर र डेटा सेन्टर व्यवसायहरूमा ठूलो वृद्धि भएको थियो । तर डीपसीकको प्रभाव देखा परेपछि, यस्तै कम्पनीहरूको सेयर बजारमा तीव्र गिरावट देखिएको छ।
अमेरिकी एआई संकटमा
हालसम्म, अमेरिकाविना एआईको भविष्य देखिँदैनथ्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै स्टार्टअप परियोजना ५० अर्ब डलरमा सुरु गरेका छन् । तर डीपसीकले यो धारणालाई गलत सावित गरिदिएको छ। अमेरिका एकमात्र विकल्प होइन भन्ने कुरा चीनले प्रमाणित गरिदियो।
डीपसीक सस्तो, सरल र प्रतिस्पर्धात्मक देखिएको छ। धेरै चिनियाँ वैज्ञानिकहरूले विदेश छोडेर चीनमै एआई स्टार्टअपहरू सुरू गरिरहेका छन्।
डीपसीक: एडभान्स, तर डर लाग्दो प्रविधि
डीपसीकको सबैभन्दा रोचक पक्ष यसको तर्कशक्ति, रचनात्मकता र मल्टिमोडल क्षमताहरू हुन्। अधिकांश एआई मोडेलहरू अनुमान गर्न केन्द्रित हुन्छन्, तर डीपसीक तर्क गर्दछ, सोच्दछ र समाधान दिन्छ ।
तर त्यत्ति मात्रै होइन, यो प्रविधि डर लाग्दो पनि छ। चीनसँग सम्बन्धित राजनीतिक प्रश्नहरूमा डीपसीक मौन बस्छ । युजर डेटा चीनमै स्टोर गरिनु सुरक्षाका दृष्टिले जोखिमपूर्ण हुन सक्छ ।
एनवीडियाको चिप्स अझै महत्त्वपूर्ण
डीपसीकको सफलता हुँदाहुँदै पनि एनवीडियाजस्ता अमेरिकी कम्पनीहरू अत्यावश्यक रहने छन्। एआई हार्डवेयर अझै मुख्य रूपमा अमेरिकी कम्पनीहरूले बनाइरहेका छन्। डीपसीकले सस्तो एआई सेवा प्रदान गरे पनि एनवीडियाका चिप्सको माग घट्ने छैन् ।
डीपसीकको आगमनले
– एआई प्रविधि सस्तो हुन सक्छ ।
– नयाँ आविष्कारहरू छिटो हुन सक्छन् ।
– एआई बजारमा प्रतिस्पर्धा बढ्दा प्रयोगकर्ताहरूलाई फाइदा पुग्न सक्छ ।
डीपसीकले प्रविधिको दुनियाँमा तहल्का मच्चाए पनि अन्ततः यसले एआई बजारलाई स्वस्थ प्रतिस्पर्धा र नवसंचारतर्फ लैजाने देखिन्छ। चीन, अमेरिका र भारतका टेक कम्पनीहरूबीचको प्रतिस्पर्धाले एआई प्रविधि अझ प्रभावकारी र पहुँचयोग्य बनाउने सम्भावना देखिन्छ ।
- डिडब्लुबाट
प्रतिक्रिया