शिक्षाको लागि भिक्षा

शिक्षाको लागि भिक्षा



शिक्षाबाट वन्चित बालबालिकाका लागि सहयोग गर्ने उद्देश्यले धादिङ्गमा भै रहेको सप्ताहव्यापी भागवत महायज्ञमा दाताहरुले सहयोग गर्ने क्रम जारी छ। ‘शिक्षाको लागि भिक्षा’ नारासहित जारी महायज्ञमा अमेरिकामा बसोवास गर्ने धादिंगका नेपालीहरु र अन्य शुभेच्छुकहरुको सहयोगमा को अर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिकाले आर्थिक संकलनको समन्वय गरेको छ। सो संस्थाको समन्वयमा संकलित रकम महायज्ञस्थलमा पुगेर नै हस्तान्तरण गरिएको छ।

संस्थाका संस्थापक एवं नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य लांग आइल्याण्ड निवासी बेदप्रसाद खरेलले महायज्ञस्थलमा पुगेर संकलित कूल पाँच लाख एक्काइस हजार रुपैयाँ हस्तान्तरण गर्नु भएको छ।
सोही सहयोग रकम प्रदान गरेको जानकारी दिंदै खरेलले आफ्नो सामाजिक संजालमा ‘एउटा सत्कर्मको लागि अर्को प्रयास’ भन्दै लेख्नु भएको छ,-‘धादिङ्ग जिल्लामा आयोजित सप्ताहब्यापी भागवत् महायज्ञ जसको मूल उद्देश्य शिक्षाबाट बन्चित बालबालिकाको लागि सहयोग संकलन र महायज्ञको नारा मै “शिक्षाको लागि भिक्षा “मा सहभागिता जनाउने अवसर जुर्यो। कर्मभूमि अमेरिकामा बसोवास गर्ने र धादिंग जिल्लाबाट अमेरिका बस्ने साथीभाइहरूको सहयोग र Coordination Committee of Nepali Communities USA (CCNCUSA)को समन्वयमा संकलित ५२१०००. पाँच लाख एक्काइस हज़ार हस्तान्तरित गरियो ।

संस्थाका अध्यक्ष बावुराम शर्मा, महासचिव शंकर भण्डारी र सहयोग संकलन संकल्प कर्ता निर्मल थपलिया सहित सम्पूर्ण चन्दादाता ,सहयोगी हातहरूलाइ हार्दिक धन्यबाद छ। हामीलाइ सहयोगका लागि अभिप्रेरित गर्ने वुवा हेमनाथ थपलिया लाइ समेत (CCNCUSA) हार्दिक धन्यबाद छ ।’