आज ११.४९ अंकले घट्याे सेयर बजार परिसूचक

आज ११.४९ अंकले घट्याे सेयर बजार परिसूचक



काठमाडौं । आइतबार सेयर बजार परिसूचक (नेप्से) ११.४९ अंकले घट्दै २ हजार ६८८ दशमलव २१ बिन्दु कायम भएको छ ।

यस दिन १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर कारोबार हुँदा ८ अर्ब ३९ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

सेयर बजार घटेको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको सेयर भने सबैभन्दा धेरै किनबेच भएको छ । सो कम्पनीको ३१ करोड १७ लाख ८३ हजार बराबरको सेयर किनबेच भएको हो । यस्तै दुई वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्दा फाइनान्स, म्यानुफ्याक्चरिङ र माइक्रोफाइनान्स उपसूचकबाहेक बाहेक अरू सबै उपसूचक राताम्मे भए ।