काठमाडौं । इलोन मस्क नेतृत्वको अमेरिकाको सरकारी दक्षता विभाग (डज)ले ‘आर्थिक संघीयता र जैविक विविधता संरक्षण’ शीर्षकको परियोजना अन्तर्गत नेपाललाई दिइने भनिएको तीन करोड नब्बे लाख अमेरिकी डलरको अनुदान रद्द गरेको छ । डजले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आर्थिक संघीयता शीर्षक अन्तर्गत दुई करोड डलर र जैविक विविधता संरक्षण शीर्षक अन्तर्गत एक करोड ९० लाख डलर अनुदान रद्द गरिएको घोषणा गरेको हो ।
यो अनुदान रकम तत्कालीन बाइडन प्रशासनले स्वीकृत गरेको बताइएको छ । डजद्वारा एक्स मार्फत् जारी गरिएको सूचनामा अमेरिकी करदाताले दिएको रकम खर्च गर्न लागिएका परियोजनाहरू रद्द गरिएको जनाइएको छ । डजले नेपालको मात्र नभई भारत, बंगलादेश, श्रीलंका, माली, दक्षिण अफ्रिका लगायतका थुप्रै देशलाई दिने भनिएको कुल ७२ करोड १५ लाख अमेरिकी डलर अनुदान रद्द गरेको हो ।


प्रतिक्रिया