ह्वाइट हाउसबाट निकालिएपछि जेलेनेस्कीले एक्समा लेखेः धन्यवाद अमेरिका

ह्वाइट हाउसबाट निकालिएपछि जेलेनेस्कीले एक्समा लेखेः धन्यवाद अमेरिका



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा चर्को भनाभनपछि अपमानजनक रुपमा ह्वाइट हाउसबाट बाहिरिएका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र ट्रम्पलाई धन्यवाद दिएका छन् ।

ह्वाइट हाउसमा शुक्रबार भएको छलफलमा ट्रम्प र उनका उपराष्ट्पति जेडी भान्ससँग जेलेन्स्कीको भनाभन भएको थियो । भनाभनपछि ट्रम्पले ह्वाइट हाउस छाड्न जेलेनेस्कीलाई आदेश दिएका हुन् ।

ह्वाइट हाउसबाट बाहिरिएलगत्तै जेलेन्स्कीले एक्समा लेख्दै सहयोगका लागि अमेरिका र राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए । ‘तपाईंहरूको सहयोगका लागि धन्यवाद अमेरिका’, उनले लेखेका छन् । युक्रेनलाई न्यायपूर्ण र दिगो शान्ति चाहिएको भन्दै जेलेनेस्कीले आफूहरु त्यसका लागि प्रयासरत रहेको बताए ।

जेलेनेस्की खनिजसम्बन्धी सम्झौताबारे वार्ता गर्न ट्रम्पकै निम्तोमा ह्वाइट हाउस पुगेका थिए । जेलेनेस्कीले रुस–युक्रेन युद्धअघि पनि रुसले युक्रेनी नागरिकलाई मारेर आफनो भूमि अतिक्रमण गर्दै आएको भन्दै बाराक ओबामा, ट्रम्प र जो बाइडेनले त्यसलाई रोक्न पहल नगरेको भन्दै असन्तुष्टि जनाए ।

जवाफमा उपराष्ट्रपछि भान्सले रूस–युक्रेन युद्ध रोक्न राष्ट्रपति ट्रम्पले कूटनीतिक पहल गरिरहेकाेमा जेलेनेक्सीले धन्यवाद दिनुपर्नेमा उल्टै दोषारोपण गरेको बताए । त्यसपछि तीन जनाबीच भनाभन भयो ।