लगातार छैटौं दिन घट्यो सेयर बजार

लगातार छैटौं दिन घट्यो सेयर बजार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि शेयर बजारमा पहिरो गएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले घटेर २७५१.४२ विन्दुमा पुगेको छ । योसहित लगातार छैटौं दिन बजार घटेको हाे ।

नेप्से घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ बाराबरको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता शेयर मात्र कारोबार भएको छ ।

सोमबार ४४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

सोमबार दिनभरमा ३११ वटा कम्पनीको शेयर ८७ हजार १५६ पटक किनबेच भएको छ ।

१३ वटा समूहमध्ये अन्य समूहबाहेक सबै समूह राताम्य भएका छन् । आज अन्य समूह भने ०.०८ प्रतिशतले बढको छ ।

सबैभन्दा बढी म्युचुअल फण्ड समूह ३.०६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.४४ प्रतिशतले घटेको छ ।