सेयर बजार परिसूचक ३२ अंकले घट्याे

सेयर बजार परिसूचक ३२ अंकले घट्याे



काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) लगातार सातौं दिन घटेको छ । नेप्से मंगलबार ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा झरेको छ ।

यसअघि सोमबार २०.६८ अंकले घट्दा बजार परिसूचक २७५१.४२ विन्दुमा अडिएको थियो ।

नेप्से घटेपनि झिनो परिमाणमा कारोबार बढेको छ । आज ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज बजारमा ३२ कम्पनीको मूल्य बढेको छ । २०९ कम्पनीको मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।