नो केवलकार समूहका १८ जनालाई थुन्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

नो केवलकार समूहका १८ जनालाई थुन्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले नो केवलकार समूहको आन्दोलनको क्रममा पक्राउ परेका १८ जनालाई थुनामा राख्नुको कारण माग गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको शुक्रबारको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतले ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारणसहित तीन दिनभित्र लिखित जवाफ पेश गर्न जिल्ला प्रशासन कार्याल्य ताप्लेजुङसमेतका नाममा आदेश जारी गरेको छ ।

सो रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले विपक्षीका नाउँमा कारण देखाउ आदेश जारी गर्दै ताप्लेजुङ प्रहरी हिरासतमा रहेका १८ जनालाई थुनामा राख्नु पर्ने कारण सहित ३ दिन भित्र लिखित जवाफ पेश गर्नु भनी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ समेतका नाउँमा आदेश दिएका छन् ।

नो केवलकार समूहको आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई गैह्रकानुनी थुनामा राखिएको भन्दै अभिवक्त राजीव बास्तोलाले २८ फागुनमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।