निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मुल्य घटायो

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मुल्य घटायो


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो । शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।