अमेरिकामा आँधीले मृत्यु हुनेको संख्या २० पुग्यो

अमेरिकामा आँधीले मृत्यु हुनेको संख्या २० पुग्यो



न्यूयोर्क । अमेरिकामा आएको आँधीका कारण २० जनाको ज्यान गएको छ । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीमा मिसाउरीका मात्र १२ जनाले ज्यान गुमाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार दक्षिण–पूर्वी राज्यका विभिन्न राज्यमा आएको विनाशकारी आँधीका कारण कार पल्टिएको छ भने घरहरु भत्किएका छन् । अमेरिकाको टेक्सास राज्यमा हावाहुरीका कारण कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ओक्लाहोमा र अर्कान्सासमा पनि मृत्यु भएको छ ।

टेक्सास, मिसौरी र इलिनोइसलगायत ६ वटा राज्यमा शनिबार दिउँसोदेखि बिजुलीको लाइन अवरुद्ध भएको छ। त्यस क्षेत्रमा अझ कठिन मौसम तथा विपत्तिको अनुमान गरिएको छ। साथमा मिसिसिपी, पूर्वी लाउसानिया र पश्चिमी टिनेजमा आँधीको जोखिम रहेको समाचारमा उल्लेख छ ।

त्यसैगरी तीन राज्यका साथै अलाबामा र अरान्कासमा ठुलो बाढी आउने अनुमान गरिएको छ। राष्ट्रिय मौसम विभागले त्यहाँ आउने ठुलो बाढीले जनजीवन अझ कष्टकर बन्ने बताएको छ।