ट्रम्पद्वारा ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर

ट्रम्पद्वारा ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर


ग्लोब नेपाल
243
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदान प्राप्त समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।

भ्वाइस अफ अमेरिका’ समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ’अतिवादी’ भएको आरोप लगाइएको छ । ह्वाइट हाउसको एक विज्ञप्तिमा पछिल्लो आदेशले करदाताहरू अब कट्टरपन्थी प्रचारलाई आर्थिक सहयोग गर्न जिम्मेवार छैनन् भन्ने कुरा सुनिश्चित गर्ने दाबी गरिएको छ ।

विज्ञप्तिमा ‘वामपन्थी’, ‘कट्टरपन्थी’ राजनीतिज्ञहरू र दक्षिणपन्थी मिडियाले भ्वाइस अफ अमेरिकाविरुद्ध बोलेको उदाहरणहरू समावेश गरिएको छ । ’भ्वाइस अफ अमेरि रेडियो सेवा हो । यो दोस्रो विश्वयुद्धको समयमा नाजी प्रचारको प्रतिरोध गर्न स्थापना गरिएको थियो ।

ट्रम्पको निर्णयपछि भ्वाइस अफ अमेरिकाका निर्देशक माइक अब्रामोविट्जले सबै १ हजार ३ सय कर्मचारीहरूलाई तलबी बिदामा राखिएको बताएका छन ।