पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबिच झडप

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबिच झडप



काठमाडौं । पाटन संयुक्त क्याम्पसमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबिच झडप भएको छ ।

मंगलबार स्ववियु निर्वाचनका लागि फर्जी मतदाताले मतदान गरेको भन्दै विवाद सिर्जना भएपछि दुई संगठनका नेता तथा कार्यकर्ताबिच झडप भएको हो । एक जना विद्यार्थीको विद्यार्थी परिचयपत्रमार्फत सात जनासम्मले मतदान गरेको पाइएपछि विवाद सिर्जना भएको थियो ।

१०० जना विद्यार्थीले मतदान गरिसकेपछि विवाद सिर्जना भएर मतदान प्रक्रिया रोकिएको थियो । विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसिरहेका बेला बाहिर नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटाकुट भएको हो ।

निर्वाचन परिसर तनावग्रस्त बनेपछि यतिबेला निर्वाचन समितिको बैठक बसिरहेको छ । अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरूले मतदान प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् ।