पोखरा । पोखराको नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल विजयी भएको छ ।
स्ववियु निर्वाचनमा अध्यक्षका उम्मेदवार प्रतिभा भण्डारीले नेपाल विद्यार्थी संघका अध्यक्षका उम्मेदवार रचना पौडेललाई एकसय ४३ मतले पराजित गर्दै निर्वाचित भएकी हुन् ।
भण्डारीले २ सय ४५ मत ल्याउँदा रचनाले एकसय २ मत प्राप्त गरिन् । तीनसय ४९ मतदाता रहेकोमा ३ सय ४७ मत खसेको थियो । अध्यक्षमा निर्वाचित भण्डारी बिएस्सी दोस्रो वर्षमा अध्ययनरत छिन् । सचिवमा सलिना श्रेष्ठ, कोषाध्यक्षमा कुसुम गौतम निर्वाचित भइन् ।
प्रत्यक्षतर्फ सदस्यमा दीपा आचार्य, हिमानी थारु, कोमल रावत क्षेत्री, अजिता घर्ती मगर, सचिना सोमाइ मगर निर्वाचित भएका छन् । समानुपातिकतर्फ अनेरास्ववियुले २ सय ७० मत र नेविसंघले ७५ मत प्राप्त गरेको छ । अनेरास्ववियुबाट समानुपातिकमा १० जना उम्मेदवार छन् ।
प्रतिक्रिया