जनज्योति बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानल विजयी

जनज्योति बहुमुखी क्याम्पसमा नेबिसंघको प्यानल विजयी



रौतहट । रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ ।

चार विद्यार्थी संगठनले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा नेविसंघका सभापति उम्मेदवार मोहम्मद नौदास आलमले एक हजार १७४ मत प्राप्तगरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सभापति उम्मेदवार दामोदर उप्रेतीले २०३ मत प्राप्त गरे ।

यसैगरी नेविसंघका सचिव शाहिल पुरीले १ हजार १२८ र कोषाध्यक्ष सम्झनाकुमारी चौधरीले १ हजार १४८ मत प्राप्तगरी विजयी भए । सदस्यहरुमा विकासकुमार दास, रोहन श्रेष्ठ, रेजिनाकुमारी काफ्ले, पुष्पा कार्की, अर्जुन भट्टराइ, शुशीलकुमार पहरी र रितिक सिंह विजयी भए ।