रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रुस–अमेरिकाको अर्को चरणको वार्ता साउदी अरबको रियादमा हुने बताएका छन् ।
उशाकोभले रुसी प्रतिनिधिमण्डलको नेतृत्व रुसको माथिल्लो सदनमा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी समितिका अध्यक्ष ग्रिगोरी कारासिन र रुसको संघीय सुरक्षा सेवाका प्रमुखका सल्लाहकार सर्गेई बेसेडाले गर्ने बताए । उशाकोभले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जसँग फोनमा कुराकानी भएको समेत जनाकारी दिएका छन ।
कुराकानीको क्रममा विज्ञ समूहहरूको बैठक आयोजना गर्ने विषयमा छलफल भएको र त्यसको उद्देश्य ब्ल्याक सी इनिसिएटिभको सम्भावित कार्यान्वयनका सम्भावनाहरू खोज्नु रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्ल्याक सी नेभिगेसनको सुरक्षा सम्बन्धी सम्झौताको विशेष विवरणमा थप काम गर्न वार्ता शुुरु गर्न सहमत भएको क्रेमलिनले उल्लेख गरेको छ ।
उता बेलायती प्रधानमन्त्री कीर स्टारर्मरले युक्रेन सम्झौताको बचाउ नगरे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बर्वाद पार्ने बताएका छन् । लण्डनमा वरिष्ठ सैन्य नेताहरुसँगको बैठकमा सहभागी भइसकेपछि उनले युक्रेनसँगको शान्ति सम्झौताको बचाउ नगरिए पुटिनले यसको गम्भीर उल्लंघन गर्ने बताएका हुन् ।
सुरक्षा व्यवस्था मजबुद भएपछि मात्रै युक्रेन र रुसबीचको लडाइ रोक्ने सम्झौता स्थायी हुने प्रधानमन्त्री स्टार्मरको भनाइ रहेको समाचारमा उल्ललेख छ ।
प्रतिक्रिया