गृह मन्त्रालयद्वारा नौ जना उपसचिवको सरुवा

गृह मन्त्रालयद्वारा नौ जना उपसचिवको सरुवा



काठमाडौं । गृह मन्त्रालयले नौ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालय, अध्यागमन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत उपसचिव, प्रमुख अध्यागमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको हो ।

यससँगै मन्त्रालयको अतिरिक्त अर्थात् ‘बरन्डा’ खाली भएको बताइएको छ । चैत ८ गतेकै निर्णय अनुसार ती उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।