अमृत साइन्स क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानलै विजयी

अमृत साइन्स क्याम्पसको स्ववियुमा अनेरास्ववियुको प्यानलै विजयी



काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) को स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानलै विजयी भएकाे छ ।

त्रिविको आंगिकमध्येको अस्कल क्याम्पसमा आइतबार विद्युतीय उपकरणमार्फत् भएको मतदानमा अनेरास्ववियुका रुद्रहरि पोखरेलको प्यानल नै निर्वाचित भएको हो ।

स्ववियु अध्यक्षमा पोखरेलले माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका विश्राम शर्मा पौडेललाई ३२६ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै सचिवमा गोपालबहादुर शाही र कोषाध्यक्षमा विवेक कोइराला निर्वाचित भएका छन् ।

कूल १९४८ मतदाता रहेको अस्कल क्याम्पसमा १२९१ मत खसेको थियो ।